एकाबिहानै ट्रिपर त्रिशूली नदीमा खस्दा चालक बेपत्ता

  • धादिङ ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ को बिहानीपम्प नजिकैबाट बिहीबार बिहान एउटा ट्रिपर त्रिशूली नदीमा खसेको छ । बा ४ ख ५१४६ नम्बरको ट्रिपर त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो ।

ट्रिपरको खोजी भइरहेको तर वर्षाका कारण नदीको बहाव बढेकाले केही समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्ण सापकोटाले जानकारी दिए ।

ट्रिपरमा चालक काले दमै बाहेक अरु कतिजना थिए भन्ने खुलेको छैन । ट्रिपरसँगै चालक पनि नदीमा बेपत्ता भएका छन् ।

तस्वीर; गुगल
२०७४ साउन १२ मा प्रकाशित 

, ,

प्रतिकृया दिनुहोस्

Loading...