माओवादी केन्द्रबाट जनमुक्ति सेनाका पूर्वकमाण्डरदेखि आशा खनालसम्म ६ नेता मन्त्री बन्दै


काठमाडौं ।

नेकपा माओवादी केन्द्रले बुधबार मन्त्री बन्ने ६ नेताको नाम टुंगो लगाएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै कांग्रेस, माओवादीसहितका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

माओवादीबाट महेन्द्र बहादुर शाही उर्जामन्त्री बन्ने भएका छन् । स्वास्थ्यमन्त्रीमा गिरिराजमणि पोखरेलको नाम तय भएको छ ।

माओवादीबाट मन्त्री बन्ने अन्य नेताहरुमा शिवकुमार मण्डल, आशा खनाल कोइराला, टेबहादुर बस्नेत र सन्तकुमार चौधरी छन् ।उनीहरुको मन्त्रालय तय टुंगिएको छैन । साथै माओवादीले केही राज्यमन्त्री पनि पठाउने तयारी गरेको छ ।

२०७४ साउन ११ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...