ट्राफिक प्रहरी प्रमुख बनेलगत्तै सर्वेन्द्र खनालले गरे यस्तो लाखौं जनतालाई खुशी मिल्ने काम
- काठमाडौं ।
‘जाम हुदाँ सर्वसाधारण धेरै समस्यामा परेका छन्, समय खेर गइरहेको छ,’ खनालले भने, ‘सहि ट्राफिक व्यवस्थापन नहुदाँ पनि धेरै जाम भएको मैले पाएको छु । लामो समय जाम नहुने गरी ट्राफिक व्यवस्थापन गर्नुस् भनेको छु ।’ ‘कहाँ कहाँ बढी जाम हुन्छ, किन भइरहेको छ, त्यो आजैबाट पत्ता लगाउन भनेको छु, जाम हटाउने काम आजैबाट सुरु भइसकेको छ, ’ खनालले काठमाण्डुटुडेसँग भने, ‘धेरै जाम हुन नदिन सबै वल प्रयोग गर्नेछु ।’
त्यस्तै खनालले पैसा असुल्ने ट्राफिक प्रहरीलाई कारबाही गरिने बताएका छन् । ‘कोही ट्राफिक प्रहरी लोभ लालचमा परे, छुटकारा दिइन्न’, उनले भने, ‘कारबाही हुन्छ ।’
प्रहरी संगठनको छवि उच्च राख्ने गरी काम गर्न उनले ट्राफिक प्रहरीहरुलाई निर्देशन समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...