२८० को नतिजा सार्वजनिक, कांग्रेसभन्दा एमाले १२ तहले अगाडि

  • काठमाडौं ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा अहिलेसम्म २८० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।

 अहिले बिहानसम्म सार्वजनिक भएका मतपरिणामअनुसार नेकपा एमालेले ११९ तहको नेतृत्व लिन सफल भएको छ । नगरपालिका र गाउँपालिका गरी ११९ तहमा एमालेले जित हासिल गरेको छ ।

त्यसैगरी नेपाली कांग्रेसले १०७ तहमा जित हासिल गरेको छ । माओवादी केन्द्रले अहिलेसम्म ३५ तहमा विजयी हासिल गरेको छ । संघीय समाजवादी फोरम नेपालले ७, नेपाल लोकतान्त्रिक पार्टीले ६ तहमा जित हासिल गरेको छ ।

राप्रपाले अहिलेसम्म एउटा उपमहानगरपालिकासहित ३ तहमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले २ र स्वतन्त्रले १ तहमा जित हासिल गरेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...