नेपालगञ्ज उपमहानगरमा राणाले यसरी बचाए कमल थापाको इज्जत

  • नेपालगंज ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाले बाजी मारेको छ । मेयरका उम्मेदवार राप्रपाका महामन्त्री डा. धवल शम्शेर राणा विजयी भएका हुन् ।

राणाले १२ हजार ५१५ मत प्राप्त गरेर नेपाली काँग्रेसका डा. सुरेश कनोडियालाई पराजित गरेका छन् । उनले ८ हजार ७३० मत मात्र प्राप्त गरे ।

तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका दामोदर आचार्यले ७ हजार १९८ , एमालेका सम्सुद्दिन सिद्दिकीको ६ हजार ९६५ र फोररम नेपालका कमरुद्दिन राईको ५ हजार ४४१ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा नेपाली कांग्रेसका उमा थापा मगर १० हजार ७३१ मत प्राप्त गरी बिजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी राप्रपाका रमारानी वैश्यले ८ हजार ९२४ मत प्राप्त गरिन् । ।एमालेका शान्ति ढकालले ७ हजार ७७३ र माओवादी केन्द्रका कलामुन अन्सारीले ७ हजार ६७ मत प्राप्त गरेकी छन् ।

नेपालगन्जका २३ वडा मध्ये ८ वटा कांग्रेस, ६ वटा एमाले, ४ वटा माओवादी केन्द्र, ३ वटा राप्रपा र २ वटा फोरम नेपाल विजयी भएका छन् । देशभरबाट राप्रपा बढारिएपनि नेपालगंजमा भने सानदार जित हात पारेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...