जन्मकैदको सजाय पाएका चौधरी काँग्रेसबाट गाउँपालिका अध्यक्ष बनेपछि...

  • बाँके । 

बाँके जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका व्यक्ति गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन्।

नेपाली काँग्रेसबाट बाँकेको डुडुवा गाउँपालिकाको उम्मेद्वार बनेका नरेन्द्रकुमार चौधरी कुर्मी जेल जानुपर्ने ठाँउमा विजयको माला पहिरिएका छन् । 

कारागारमा सजाय भोगिरहेका चौधरीलाई २०७१ सालको प्रजातन्त्र दिवसका अवसरमा तत्कालीन नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले कैद माफी दिएको थियो।

जेलमुक्त भएका चौधरीमाथि दुईवटा डाँका मुद्दा, दुईवटा कर्तव्य ज्यान मुद्दा र ज्यान मार्ने उद्योगलगायत पाँच मुद्दामा जिल्ला अदालत बाँकेले जन्मकैदको सजाय तोकेको थियो। 

उनी संघीय समाजवादी फोरम नेपालका उम्मेद्वार विजयबहादुर यादवलाई हराउँदै गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...