सिटिइभिटीमा क्रान्तिकारीको अन्तरक्रिया, शिक्षाविद र बिद्यार्थी नेताले बहस गर्ने

  • काठमाडौँ ।
अखिल क्रान्तिकारीले सिटिइभिटीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । "प्राबिधिक तथा ब्यबसायिक शिक्षा सम्भावना र चुनौती" बिषयक अन्तरक्रियाको आयोजना गरेको हो। 

अन्तरक्रियामा प्राबिधिक शिक्षामा देखिएका समस्या र सामधानको उपाय र नेपालमा प्राबिधिक शिक्षाको भविष्यमाका बिसयमा पनि छलफल केन्द्रित हुने क्रान्तिकारी सिटीइभिटी संयोजक सुनिता बमले इमान्दार मिडियालाई बताइन।

सुनिताले भनिन् 'खासगरी रोजगारमुकल, शिपमुलक र प्रबृधीमैत्री शिक्षाका बारेमा बहस केन्दित गर्दै हाल देखिएको शुल्क, परिक्षा, पाठ्यक्रम, रिज़ल्ट, भर्ना छात्राबृत्ति र सम्बन्धनको बिसयमा देखिएका समस्याबारे बहसले केही हल दिने अपेक्षा छ।' 

निगमपुजिबाद र नवउदारवादले प्राबिधिक शिक्षामा पराधिन तथा परनिर्भरताको अबस्था सृजना गरेकोले नाफामुखी, ब्यापारमुखी शिक्षाबिरुद्द बहस हुने यो अन्तरक्रिया एउटा कोसेढुङगा साबित हुने बमको दाबी छ।

अन्तरक्रियामा प्रमुख बक्ताका रुपमा नेपाल कम्युनिष्ट पार्टीका स्थायीसमिति सदस्य हेमन्त ओली 'सुदर्शन' रहने क्रान्तिकारीले जनाएको छ ।

त्यस्तै बहसमा शिक्षा मन्त्रालयको प्रबत्ता डा. हरि लम्साल, सिटिइभिटी संस्थापक तथा प्राबिधीक शिक्षाविद डा.सुरेशराज शर्मा, शिक्षाविद डा, मनप्रयाद वाग्ले, डा. सरोज देबकोट, गुणराज लोहनी, बिधार्थि नेताहरु पुर्ण सिंह, नबिना लामा, नैनसिह महर, अनिल शर्मा लगायतले मन्तब्य राख्नेछन ।

२०७४ असार १७ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...