यस्तो रहेछ आरजुको असली धन्दा, व्यसायीसंग यसरी असुल्ने रैछन् रकम

  • काठमाडौं। 
स्वच्छ प्रशासन, सेवाग्राहीलाई सुलभ सेवा र आर्थिक पारदर्शिता भन्ने सरकारी नारा छ । तर, यस सरकारी अभियानलाई धज्जी उडाइदिका छन् वैदेशिक रोजगरा विभागका महानिर्देशक विश्वराज पाण्डेले ।

निजामती सेवाको लामो समय अर्थ मन्त्रालय बसेर अकुत सम्पत्ति कमाएका पाण्डे सहसचिवमा बढुवा भएपछि श्रम मन्त्रालय छिरेका हुन् । भ्रष्टाचारमा लिप्त रहने स्वभावका पाण्डे वैदेशिक रोजगार विभागको महानिर्देशक भएपछि उक्त विभाग भ्रष्टाचारी अड्डामध्ये नं. १ मै दह्रिन पुगेको कथन छ ।

देशभित्र रोजगारीको अवसरबाट बञ्चित भई बाध्यतावश विदेश जानुपर्ने नेपाली युवालाई कामका लागि विदेश पठाउने मेनपावर कम्पनीलाई अनुगमन गरेर व्यवस्थित र मर्यादित बनाउनुपर्ने वैदेशिक रोजगार विभागको कर्तय हो ।

विभिन्न बहाना बनाएर मेनपावर कम्पनीलाई अनावश्यक पत्राचार गर्ने अनि रकमको मोलमोलाई गरी कम्पनीलाई दुःख उनले दिइराखेका छन् भने त्यसबाट विदेश जाने कामदार पनि चर्कै मर्कामा परेका छन् ।

पाण्डेलाई नजिकबाट चिन्ने एक कर्मचारीका अनुसार उनलाई प्रधानमन्त्रीपत्नी आरजु देउवाको संरक्षण रहेको छ । व्यवसायीसँग घुस माग्ने बेला उनी ‘मैले पनि रकम माथि पु¥याउनु पर्छ’ भन्ने अभिव्यक्ति हाकाहाकी दिने गरेको भुक्तभोगी व्यवसायीको भनाइ छ । 

प्रधानमन्त्री पत्नी आरजुको नाममा रकम असुली हुँदा पनि कांग्रेसकै श्रम मन्त्री चुपलागेर बसेका छन् भने प्रधानमन्त्री कार्यालयले पनि केही केही चासो राखेको पाएइको छैन ।

पाण्डेको यो हर्कतलाई सहयोग पुग्ने गरी विचौलियाको काम गरेका छन् आफूलाई कांग्रेस र विशेष गरी आरजु देउवाको भित्रिया भन्दै हिँड्ने चिवतनवतिरका भरत गुरुङ भन्ने व्यक्तिले ।  घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।

दुईचारजना पैसावाल व्यवसायी जम्मा गर्ने र आरजु देउवालाई ह्यान्स फ्रि गरी फोन गर्ने, अनि देख्यौ त मेरो पावर ? भन्दै व्यवसायीबाट रकम असुल गर्ने ती व्यक्ति विभागका महानिर्देशकसँग उत्तिकै हिमचिम राख्छन् ।

२०७४ साउन ११ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...