तेह्रथुममा पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु, तीन घाइते

  • तेह्रथुम ।
म्याङलुङ नगरपालिका–५ आम्दिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

घरमाथिबाट खेतमा सिँचाइका लागि लगेको कुलो भत्किएर पहिरो जाँदा घर पुरिएको थियो । घरमा रहेका ५० वर्षीया कुमारी सोदेम्बा, उनकी नातिनी १२ वर्षीया प्रिति सोदेम्बा र नाति नौ वर्षीय प्रेम सोदेम्बाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोमा परी ३६ वर्षीय सोमकुमार सोदेम्बा, २० वर्षीय लोकप्रसाद सोदेम्बा र १५ वर्षीया प्रिया सोदेम्बा घाइते छन् । 

गम्भीर घाइते सोमकुमार र प्रियालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । बिहान दुई बजे घरमाथिबाट पहिरो खसेको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

२०७४ असार १७ मा प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...