आरोप प्रमाणित भए राजनीतिबाटै सन्यास लिने माओवादी नेतृ पम्फा भुसालको घोषणा

  • काठमाडाैं ।
नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले स्थानीय तहको निर्वाचन प्रचार–प्रसारका लागि आफूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट १० करोड नलिएको बताएकी छन् । भुसालले आफूले १० करोड लिएको प्रमाणित भए राजनीतिबाटै सन्यास लिने घोषणासमेत गरिन् ।

भुसालले निर्वाचनका बेला प्रचारका लागि भन्दै १० करोड लिएकोबारे पार्टी बैठकमा कुरा उठेपछि प्रचण्डको निजी सचिवालयबाट उक्त खण्डन आएको हो ।

‘आइतबार केही अनलाइन मीडियाले प्रवक्ता पम्फा भुसालले केन्द्रीय कार्यालयबाट १० करोड लिएको र कहीँकतै खर्च नगरेको भन्दै समाचार प्रकाशित गरेका थिए’ प्रचण्डको सचिवालयद्वारा जारी नोटमा भनिएको छ ‘प्रचार विभागलाई पार्टीले आर्थिक अनुदान नदिएको, पम्फा भुसालले पार्टी केन्द्रीय कार्यालय, अध्यक्ष प्रचण्ड वा पार्टीका कुनै पनि निकायबाट एक रुपैयाँ पनि रकम नलगेको स्पष्ट पारेको छ ।’

नोटमा जारी केन्द्रीय सचिवालय बैठकलाई प्रभावित पार्ने, नेता भुसालको चरित्र हत्या गर्ने र जनतामा गलत सूचना सम्प्रेषण गर्ने मनसायले समाचार प्रकाशित भएको आरोप लगाइएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...