आफ्नो धन्दाबारे समाचार बाहिरिएपछि प्लटिङवालाले पठाए यस्तो खण्डनपत्र !

  • काठमाडौँ ।
आफ्नो जग्गा प्लटिङ धन्दाबारे इमान्दार मिडियाले समाचार ब्रेक गरेपछि प्लटिङ समुहले सामुहिक रुपमा आपत्ति जनाएका छन्।

पाचँजनाको पार्टनरसिपमा सुरु भएको उक्त जग्गा प्लटिङ सम्पन्न गरी घडेरी बिर्की कार्य सकिनै लाग्दा पार्टनर मध्यकै एक जना महिलालाई उनले पाउने सावा र नाफा रकम नदिएर ठगि गरेको समाचार आएपछि उनीहरुले सामुहिक खण्डन पत्र नै पठाएका हुन् ।

इमान्दार मिडियाले "जग्गा प्लटिङवालाको यस्तो धन्दा- अर्काको पैसामा आफु करोडपति, लगानीकर्ताको उठिबास !" शीर्षकमा असार २५ गते समाचार प्रकाशित गरेको थियो ।

उक्त प्लटिङवाला समुहकि काठमाडौँ मुलपानी निवासी टिकामायाँ गोले आफ्नो ४५ लाख खाइदिएर बिचल्ली पारेको भन्दै प्रमाण (लिखित कागजातसहित) इमान्दार मिडियाको सम्पर्कमा आएकि थिइन् ।

टिकामायाँले जग्गा प्लटिङ समूहका प्रेम तामाङ, विनोद लामा, सानु योन्जन र घ्याल्सिंङ्ग लामाले ललाइफकाई जग्गा खरिदका निम्ति आफ्नो ४५ लाख लिएर आफुलाई सावा समेत फिर्ता नगरी घर न घाटको बनाएको दुखेसो पोखेकी थिइन्।

उक्त समाचारको खण्डन गर्दै प्लटिङ समुहका ४ जनाले सामुहिक हस्ताक्षर गरी इमान्दार मिडियालाई पठाएको खण्डनपत्रमा टिकामायाँसंग आफुहरुले ३० लाख मात्र लिएको र त्यस मध्येको २० लाख सावा फिर्ता गरेको दाबी गरेका छन् ।

आफुहरुले दिन बाकी १० लाख जुनसुकै बेला फिर्ता गर्न तयार रहेको भन्दै उनीहरुले उल्टै पिडित गोलेले आफ्नो सामाजिक मान मर्यादा र चरित्र हत्या गरेको आरोप लगाउंदै बौद्ध प्रहरीमा उजुरी दिएको खण्डनपत्रमै उल्लेख गरेका छन् ।

यस्तो छ खण्डनपत्र जस्ताको त्यस्तै 



२०७४ असार २९गते प्रकाशित

हेर्नुहोस् यस्तो थियो उक्त समाचार



,

प्रतिकृया दिनुहोस्

Loading...