गगन थापाले शेरबहादुर देउवासँग मागे यस्तो प्रश्नको जवाफ

  • काठमाडौं ।

नेपाली काँग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगन थापाले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टी किन हार्यो ? भन्ने प्रश्नको जवाफ नेतृत्वले दिनुपर्ने बताएका छन् ।

विहीबार नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा  नेता थापाले चुनावमा पार्टीले अनपेक्षित पराजय भोग्दा पनि पार्टीले समिक्षा नगर्नु दुर्भाग्यपूर्ण भएको बताए ।

अहिलेको अवस्थामा केन्द्रीय समितिको बैठक बोलाएर चुनावी परिणामको समिक्षा गरेर कमी कमजोरी सुधार्ने अठोट गर्नुको साटो पार्टी नेतृत्वले व्यवास्थाजस्तै गरेको धारणा राखे । उनले भने– ‘अब यसरी चल्दैन्, कमजोरी र दोषी पहिचान गरी उनीहरुलाई सच्याउदै तेस्रो चरणको निर्वाचनको तयारीमा तत्काल लाग्नुपर्नेमा नेतृत्वको ध्यान केन्द्रीत हुन जरुरी छ ।’

नेता थापाले आफू पार्टीको कार्यकारी जिम्मेबारीमा नरहेकाले आम नेपालीले अपेक्षा गरे अनुसार भुमिका खेल्न नपाएको दुखेसो पोखे । कार्यकर्ताहरुले पार्टी भद्रगोल भएको गुनासो गर्न थालेको भन्दै उनले थपे - 'विग्रियो तिमिहरुले के हेरेर बसेका छौ भन्दै धेरै जनाले चिन्ता व्यक्त गर्नुहुन्छ, तर पार्टीलाई राम्रोसँग चलाउने जिम्मेबारीमा जाने बेलामा भने उहाँहरुले नै बेला भएको छैन भन्नु भयो, अनि मैले के गरु त ?’

पार्टीको महामन्त्रीमा उम्मेदबारी दिदाँ मलाई बेला भएको छैन भन्नेले यस्को जवाफ दिनुपर्ने उनको तर्क छ ।

२०७४ असार २९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...