ज्योतिषको 'पर्दाफास' गर्दै प्रधानमन्त्री आफैले गरे सनसनीपूर्ण खुलासा..

  • काठमाडौं। 
प्रधानमन्त्री शेरबहादुर देउवाले आफु पाचौं पटक पनि प्रधानमन्त्री बन्ने कुरा ज्योतिषले आफूलाई बताएको खुलासा गरेका छन् । ज्योतिषको कुरालाई पत्याएर कांग्रेस सभापति समेत रहेका देउवाले आफू पाँचौँ पटक प्रधानमन्त्री बन्ने दाबी पनि गरेका छन् ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा तीन दिन अगाडि सम्पन्न केन्द्रीय कार्यसमितिको बैठक देउवाले आफू पाँचौँ पटक प्रधानमन्त्री बन्ने योजना सुनाएपछि सबै चकित परेका थिए ।

‘मलाई ज्योतिषीले फेरि पनि प्रधानमन्त्री बन्नु बन्छु भनेका छन्’, देउवाले बैठकमा  दिएको अभिब्यक्ति उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘देउवाले अाफु पाँचौँ पटक प्रधानमन्त्री बन्ने सनसनिपूर्ण खुलासा गरेपछि बैठकमा एकछिन हाँसो भयो ।’

धार्मिक मान्यता र पूजाआजामा विश्वास गर्ने देउवालाई कुन ज्योतिषीले पाँचौँ पटक प्रधानमन्त्री बन्नु हुन्छ भनेर घोषणा गरेका हुन् त्यो भने उनले खुलाएका छैनन् । यसपटक पनि प्रधानमन्त्री बनेलगत्तै देउवा पुजापाठ गर्न आशिर्वाद थाप्न एक सन्तकहाँ पुगेका थिए । 

उनि आफ्ना ३ उपप्रधानमन्त्री र पत्नी आरजु राणासहित पुजापाठका लागि पुगेका थिए ।  

, ,

प्रतिकृया दिनुहोस्

Loading...