महिला मन्त्री आशा कोइरालाको यस्तो कहालीलाग्दो बिगत ...


२०२६ सालमा गोरखामा जन्मिएकी आशा कोईराला माओवादी केन्द्रका तर्फबाट एक मन्त्रालय सम्हाल्ने महिला नेतृ हुन् । 

स्नातक तह सम्मको अध्ययन गरेकी कोइराला २०४२ सालदेखि नै कम्युनिष्ट पार्टिमा संगठित थिइन् भने २०५० सालमा अखिल नेपाल महिला संघ तनहुँको संयोजक हुँदै २०५४ सालमा महिला संघको जिल्ला अध्यक्ष बनेकी थिइन् ।

राधा मा.वि. जामुनेमा स्थायी शिक्षकाका रूपमा कार्यरत कोईरालालाई २०५४ साल बैशाख १० गते संगठनको कामका लागि तनहुँको सतिश्वारा पुगेका बेला प्रहरीले पहिलो पटक पक्राउ गरेको थियोे । 

हात हतियार खरखजना मुद्दामा ३५ दिन हिरासत र १ महिना जेल राखेपछि पुनरावेदन अदालतले धरौटीमा रिहा गरेको थियो । 

वहाँलाई २०५५ साल साउनमा तनहुँ गुणादिस्थित आफ्नै घरबाट गिरफ्तार गरि शान्ति सुरक्षा ऐन अन्तर्गत तनहुँ, कास्की, बारा, पर्सा र महोत्तरीका विभिन्न हिरासतमा नजरबन्दमा राखेको थियो ।

बन्दी प्रत्यक्षीकरणाको रिटमा अदालतबाट रिहाइको आदेश भएपनि अदालत परिसरबाटै पटकपटक प्रहरीद्वारा पक्राउ गरिएकी कोईरालाले तनहुँ, कास्की, जलेश्वर, विरगंज र केन्द्रीय कारागार काठमाडौंमा बन्दी जीवन बिताएकी थिइन् । 

२०५८ साल भदौमा तत्कालिन बिद्रोही माओवादि र सरकारवीच पहिलो चरणको वार्ताका क्रममा जेलमुक्त कोईरालालाई २०६२ साल जेठ ४ गते साभुङ गाबडाडाँबाट नेपाली सेनाको युनिफाईड कमाण्डले गोली हानी घाईते अवस्थामा पक्राउ गरेको थियो ।

हातमा गोली लागि घाइते बनेकी कोईरालालाई सेनाले विजयपुर, समरसुर गुल्म चापाघाट हिरासतमा राखेको थियो र १८ दिनको नवरबन्दपछि आतंककारी तथा विध्वंसात्मक कार्य नियन्त्रण अन्तर्गत कर्तव्य ज्यान मुद्दामा कास्की काराकार चलान गरिएको थियो । 

२०६२/६३ को आन्दोलनका क्रममा जेल भित्रै अन्य आस्थाका बन्दिहरू सहित आन्दोलित कोईरालालाई गणतन्त्र स्थापनासंगै २०६३ असारमा मुद्दा फिर्ता लिई रिहा गरिएको थियो । 

माओवादी केन्द्रीय सदस्य समेत रहेकी समानुपातिक सांसद कोईराला २०६० सालमा तत्कालिन विद्रोही माओवादीद्वारा घोषित तनहुँ जिल्ला जनसरकारको प्रमुख समेत भएकी थिइन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...