रोकिएको ६४ घण्टापछि सुरु हुने भयो धरानको मतमणना, यस्ता छन् सहमति

  • धरान ।
गत सोमबार बेलुका करिब नौ बजेबाट स्थगित भएको धरानको मतगणना सुचारु गर्ने सहमति भएको छ ।
गणना रोकिको करिव ६४ घण्टादेखि मतगणना सुचारु गर्ने सहमति भएको हो । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाको रहोबरका बसेको सर्वपक्षीय छलफलमा बिहान ८ बजेदेखि सुरु हुने सहमति भएको हो ।

बिबाद समाधानका लागि धरानको निर्वाचन कार्यालयको लागि इलाका प्रशासन कार्यालय धरानका प्रमुख कमलबहादुर थापालाई नयाँ अधिकृतको रुपमा ल्याइएको छ । 

निर्वाचन कार्यालयका गणक कर्मचारीको विषयमा छानविन गर्ने र दोषी पाइएमा कारबाही गर्ने सहमति बनेको बताएको छ ।

मतगणनाको क्रममा एउटा दलको मत अर्को दलमा जोडेको भन्दै विवाद बढेपछि धरानमा सोमबार मध्यरातिबाट मतगणना रोकिएको थियो ।

वडा ९ र १० को मतगणना पूरा भएर मुचुल्का गरिसकेपछि सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले अन्तिम क्रस चेक गर्दा केही प्राविधिक त्रुटी भएको र त्यसलाई सच्याउनु पर्ने जानकारी दिएपछि माओवादी केन्द्रका प्रतिनिधिले धाँधली भएको भन्दै मतगणना अवरुद्ध गरेका थिए ।


२०७४ असार २२ गते प्रकाशित

, , ,

प्रतिकृया दिनुहोस्

Loading...