राष्ट्रिय जनमोर्चाको सिङ्गो समिती नै (माओवादी) केन्द्रमा विलय

  • काठमाडौँ । 
राष्ट्रिय जनमोर्चाको सिंङ्गो जिल्ला समिती नै माओवादी केन्द्रमा बिलय भएको खबर प्राप्त भएको छ । राष्ट्रिय जनमोर्चा रौतहट जिल्ला समिति नेकपा (माओवादी) केन्द्रमा विलय भएको हो । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सो पार्टीका जिल्ला अध्यक्षसहित सम्पूर्ण समिति नै माओवादी केन्द्रमा प्रवेश गरेको हो । 

कार्यक्रममा जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लखिन्द्र साह, केन्द्रीय सदस्य जगमन्न राम, जिल्ला सचिव लक्ष्मणकुमार राम, जिल्ला सदस्य वीरेन्द्रकुमार शाह, रामबाबु साह, इदयन अन्सारीलगायत सम्पूर्ण जिल्ला समिति नै माओवादीमा प्रवेश गरेको हो । 

पार्टीमा प्रवेश गर्ने जनमोर्चाका नेतालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्वागत गरेका थिए।

२०७४ साउन ७ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...