राष्ट्रपति देउरानी बनिन् नगरपालिकाको न्यायाधीश

  • मोरङ ।
राष्ट्रपति बिद्यादेवी भण्डारीकी साँहिली देउरानी स्थानीय तहको न्यायाधीश बनेकी छन् । मोरङको उर्लावारी ७ की ५८ बर्षिया लक्ष्मी भण्डारी उर्लाबारी नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएर उक्त्त नगरकालागि न्यायाधीश बनेकी हुन । 

एमालेबाट उम्मेदबार बनेकी लक्ष्मीले प्रतिस्पर्धी काँग्रेसकी सीता कार्कीलाई ३५९ मतअन्तरले पराजित गरेकी हुन । लक्ष्मीले ९५३९ र सीताले ९२८० मत पाएका थिए । 

एमाले नेता स्वर्गीय मदन भण्डारीका साहिलो भाई मोहन भण्डारीकी पत्नी लक्ष्मीले अगामी एक कार्याकाल स्थानिय तहमा हुने झैझगडा र झमेलाहरुमा न्यायाधीश बनेर छिनोफानो गर्नेछिन । 

स्थानीय तहको उपप्रमुख वा उपाध्यक्षलाई स्थानीय तहको न्यायिक समितिको संयोजक तोकिएकको छ । न्यायिक संयोजकले आफनो तहमा भएका फैजदारी अपराध बाहेकका धेरै मुद्दाहरु हेर्ने जिम्मेबारी पाएको छ ।

२०७४ साउन ७ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...