'जुवाडे प्रचण्ड' भन्दै सामाजिक सञ्जालमा खगेन्द्र संग्रौलाले यसरी उडाए धज्जी !

  • काठमाडौं ।
चर्चित लेखक खगेन्द्र संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै माओवादी अध्यक्ष प्रचण्डको धज्जी उदाएका छन् । 

सामाजिक सञ्जाल फेसबुक मार्फत संसदीय जुवाघरको नामुद जुवाडे भन्दै लेखक संग्रौलाले प्रचण्डको यस्तो धज्जी उडाएका हुन् ।

प्रचण्डप्रति आक्रोश पोख्दै स्टाटस लेखेका संग्रौलाले आफु कार्यकारी प्रधानमन्त्री हुन आफैले उठाएको कार्यकारी राष्ट्रपतिको एजेण्डा छोडेको र पुनः उक्त मुद्दा उठाएको भन्दै जुवाडेको संज्ञा दिएका हुन्। 

‘कागेमा फेरी प्रधानमन्त्रिको दाउ लागिहाल्छाकी भन्दै जुवाडे प्रचण्डले हिजो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा नै बेचेर जुवा खेल्न संसदीय जुवाघरमा पलेटी कसेर बसे, आज फेरि तेही मुद्दा उठाउने रे, हगिसकेपछी दैलो देख्नुको कुनै अर्थ छैन छेपारो देखि सावधान ।’ उनले फेसबुकमा लेखेका छन् ।


नेपालमा कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने आफ्नो आफिसिएल लाइन परिवर्तन गर्दै पहिलो संबिधानसभापछि माओवादीले कार्यकारी राष्ट्रपतिको मुद्दा छोडेर सेरमोनियल राष्ट्रपति बनाउनुपर्ने कांगेस एमालेको एजेण्डा स्वीकार गरेको थियो ।

माओवादीले आफ्नो एजेण्डा छोडेपछि तत्कालिन संबिधानसभाले कांग्रेस राष्ट्रपति नेता डा. रामवरण यादबलाई सेरमोनियल राष्ट्रपति बनाएको थियो ।

आफु कार्यकारी राष्ट्रपति नबन्ने पक्कापक्की भएपछि प्रचण्डले एकाएक कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अख्तियार गर्दै आफै सत्ताको बागडोर समाल्ने रणनीति बनाएका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...