बरिष्ठ नेता कृष्ण सिटौलाको गृहजिल्लामा काँग्रेसभित्र भुइँचालो, ८ चर्चित नेताहरु परे कारबाहीमा

  • झापा । 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा जिल्ला झापामा कारबाहीको श्रृंखलाले काँग्रेसभित्र भुइँचालो आएको छ ।विवादकै कारण कांग्रेसका नगर सभापति नेत्रप्रसाद चिमरियाले ८ जनालाई कारवाहीको लागि माथिल्लो निकायमा सिफारिस छन् । कारवाहीमा पर्नेहरु चर्चित नेताहरु नै छन् ।

पार्टीले उठाएका उम्मेदवारलाई असहयोग, आचारसंहिता उल्लंघन र अनुशासनविपरित काम गरेको भन्दै काँग्रेसका महासमिति सदस्य एवं मेयर पदका आकांक्षी रमेश श्रेष्ठसहित पूर्वजिल्ला सदस्य सुकदेव पौडेल, सक्रिय सदस्य एबम् कन्काई बाणिज्य संघका पूर्बअध्यक्ष युवराज संग्रौला, क्षेत्रीय प्रतिनिधि पवन साह, सक्रिय सदस्य सुशील पोखरेल, इन्द्र श्रेष्ठ र साधारण सदस्य एबम् कन्काई बाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल कारबाहीमा परेका हुन् । 

यसैगरी, चर्चित हेयरस्टाइलिष्ट निलम कटुवाल (निल डेबिड) पनि काँग्रेसबाट कारबाहीका लागि सिफारिसमा परेका छन् । निल डेबिड नेपालकै चर्चित हेयरस्टाइलिष्ट हुन् ।

कन्काई नगरपालिकामा एमालेले जितेपछि काँग्रेसभित्र झगडा सुरु भएको हो । काँग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाको गृहजिल्ला झापामा काँग्रेसले नराम्रो हार व्यहोरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...