माओवादीको केन्द्रीय कमिटी बैठकमा देउवा सरकार ढाल्ने चर्चा चलेपछि..

  • काठमाडौं । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता नपाउँदै सरकार ढाल्ने तर्क बलियो सत्तासाझेदार दलबाटै उठ्न थालेको छ । सोमबारदेखि बसेको प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रको बैठकमा देउवा सरकार ढाल्नु पर्ने तर्क प्रभावशाली नेताहरुबाट उठेको स्रोतले बताएको छ ।

कांग्रेस सभापति देउवा माओवादी केन्द्रकै सहयोगमा ४२ दिनअघि प्रधानमन्त्री बनेका थिए । देउवाले दशै अघि सरकारलाई पूर्णता दिन नसक्ने र माओवादी केन्द्रले मागेजति मन्त्रालय दिन आनाकानी गरेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै असन्तुष्टी राखेका थिए ।

‘देउवाजीको चाल र कार्यशैली मैले बुझिसके, यसरी अगाडी बढ्न सकिदैन’ बैठकमा दाहालले भने ‘न संविधान संशोधन प्रक्रिया अघि बढाउन सक्नु भयो, नत सरकार नै गठन गर्न सक्नु भएको छ । उल्टै हामीलाई हेप्ने गरी समाबेशी समानुपातिको सिद्धान्तलाई संविधानबाट बाहिर फाल्न लाग्नु भएको छ ।’

देउवा पुरानै २४० सिटलाई मान्यता दिनु पर्ने प्रस्ताव अघि सारेका छन् । देउवाको प्रस्तावमा एमाले र माओवादी केन्द्रले विरोध गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले जस्ता आरोप लगाएपनि भित्र मनसाय भने फरक रहेको छ । पहिलो मनसाय देउवालाई दवाव दिएर बढि मन्त्रालय हत्याउने र दोस्रो देउवा सरकार ढालेर फेरी प्रधानमन्त्री बन्ने । प्रधानमन्त्री पदबाट राजीनामा दिएको डेढ महिना नपुग्दै दाहाललाई पुन प्रधानमन्त्रीको लोभ लागेको उनी निकट ब्यक्तिहरुले बताउन थालेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...