बढ्‍यो सुन चाँदीको मूल्य



काठमाडौं । 

साउन महिनाको तेस्रो दिन सुनचाँदीको मूल्य बढेको छ ।

सोमबार फाइन गोल्ड गुणस्तर सुन प्रति तोला ५३ हजार पाँच सयमा कारोबार भएको सुन मंगलबार दुई सयले बढ्दै ५३ हाजार सात सयमा कारोबार भईरहेको छ । 

सुन प्रति १० ग्रामको मूल्य ४६ हजार चार सयमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले बढ्दै प्रति तोला सात सय २५ रुपैयाँमा कारोबार भईरहेको र प्रति १० ग्राम चाँदीको मूल्य ६ सय २१ रुपैयाँ ५० पैसा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...