बेथान र दोरम्बा इतिहासको अपमान गरेको भन्दै प्रचण्डको सिंगो कमिटीद्धारा सामूहिक राजिनामा

  • काठमाडौं ।
मन्त्रीको विषयलाई लिएर बेलाबेलामा हंगामा हुदै आएको नेकपा माओवादीभित्र अर्को तनाव थपिएको छ । अध्यक्ष प्रचण्डलाई यतिबेला सबैको चित्त बुझाउन हम्मेहम्मे परेको छ । यद्धपि सबै नेता कार्यकर्ताहरुलाई उनले रिझाउन भने सकेका छैनन् । 

यसैबिच आफुलाई मन परेको नेतालाई मन्त्री नबनाएको भन्दै रामेछाप माओवादी केन्द्रका सदस्यहरुले सामूहिक राजिनामा दिएका छन् । माओवादीबाट निर्वाचित क्षेत्र नं २ सांसद श्याम कुमार श्रेष्ठको नाम पहिलेदेखि नै सामान्य प्रशासन मान्त्रालयका लागि चर्चामा रहेको भए पनि अन्तिममा आएर श्रेष्ठको नाम सिफारिस नगरिए भन्दै माओवादीको रुष्ट बनेर उक्त कमिटीले सामूहिक राजीनामा दिएको हो ।

माओवादी केन्द्रले बुधबार भएको मन्त्रीमण्डल विस्तारको लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको सूचिमा रामेछापका श्यामकुमार श्रेष्ठको नाम नभएपछि रामेछाप माओवादीका नेताहरुले रामेछापको बेथान र दोरम्बा इतिहासको अपमान गरेको भन्दै अध्यक्ष प्रचण्डलाई सामूहिक राजिनामा दिएका हुन् ।


,

प्रतिकृया दिनुहोस्

Loading...