संसद बैठकमै रामचन्द्र पौडेलले काठमाडौंवासिलाई थानकोट कटाउनुपर्छ भनेपछि…

  • काठमाडौं ।

मव्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाण्डौं उपत्यका मानिस बस्नका लागि योग्य नभएको बताएका छन् ।

शुक्रबारको संसद बैठकमा बोल्दै पौडेलले जनसंख्याको अत्याधिक चापका कारण राजधानी बस्न योग् हुन छाडेको बताए । उनले राजधानीबाट मानिसहरुलाई बाहिर लगेर यसलाई बस्न योग्य बनाउनुपर्ने उल्लेख गरे । ‘काठमाण्डौं बस्न नहुने भइसक्यो । यहाँका जनतालाई बाहिर लगेर देशभरी फिजाउँनुपर्छ र काठमाडौंलाई बस्न लायक बनाउनुपर्छ’, पौडेलले भने, ‘सरकारले जनतालाई बाहिर जाने वातावरण बनाउनुप(यो ।’

यद्यपि पोलपोटले जसरी जबर्जस्ती काठमाडौंबासीलाई बाहिर पठाउने नभई यहाँ भएका अवसर गाउगाउँसम्म पु(याउनुपर्ने बताए । पौडेलले स्वास्थ्य, शिक्षा र रोजगारीको खोजीमा मानिसहरु देशभरबाट काठमाण्डौं आउने गरेको भन्दै राम्रो स्वास्थ्योउपचार, राम्रो शिक्षा र रोजगारी सिर्जनामा बजेटले ध्यान दिनुपर्ने उल्लेख गरे ।

‘क्वालिटीको शिक्षा, स्वास्थ्य सेवा र रोगजारीको अवसर बाहिरै पु(याउनुप(यो । बजेटमा यो कुरालाई ध्यान पु¥याउनुपर्छ’, उनले भने । पौडेलले मध्यपहाडी राजमार्गमा १० र हुलाकी राजमार्गमा १० वटा व्यवस्थित सहर बनाउने योजनासँगै खेतीयोग्य जमिन नस्ट भएर मुलुकमा खाद्यान्न बाहिरबाट आयात गर्नुपर्ने अवस्थाबारे समयमै सचेत हुनुपर्ने बताए ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाण्डौं उपत्यका मानिस बस्नका लागि योग्य नभएको बताएका छन् । व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै पौडेलले जनसंख्याको अत्याधिक चापका कारण राजधानी बस्न योग् हुन छाडेको बताए । उनले राजधानीबाट मानिसहरुलाई बाहिर लगेर यसलाई बस्न योग्य बनाउनुपर्ने उल्लेख गरे । ‘काठमाण्डौं बस्न नहुने भइसक्यो ।

यहाँका जनतालाई बाहिर लगेर देशभरी फिजाउँनुपर्छ र काठमाण्डौंलाई बस्न लायक बनाउनुपर्छ’, पौडेलले भने, ‘सरकारले जनतालाई बाहिर जाने वातावरण बनाउनुपर्यो ।’ यद्यपि पोलपोटले जसरी जबर्जस्ती काठमाडौंबासीलाई बाहिर पठाउने नभई यहाँ भएका अवसर गाउगाउँसम्म पुर्याउनुपर्ने बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...