भरतपुरमा फेरि चुनाव हुने भएपछि रेणु दाहाललाई भ्याइनभ्याइ !

  • चितवन । 
भरतपुर महानगरपालिकामा फेरि चुनाव गर्ने सर्वोच्च अदालतको फैसलापछि काँग्रेस-माओवादीकी मेयर उम्मेदवार रेणु दाहाल मख्ख परेकी छन । उनि फेरी भोट माग्न जनताको घरदैलोमा पुग्न थालेकी छिन ।

सर्वोच्चको आदेशलाई स्वागत गर्दै उनले जनताको अभिमतको कदर भएको बताएकी छिन । भरतपुर-१९ नम्बर वडामा फेरि चुनाव गराउने निर्वाचन आयोगको निर्णयलाई आइतबार सर्वोच्च अदालतले समेत सदर गरेपछि मेयरकी उम्मेदवार दाहालले खुसी व्यक्त गरेकी हुन् । 

“सर्वोच्च अदालतले प्रचलित नियम कानुनको आधारमा नै फैसला गरेकोले न्यायको प्रत्याभुति गरेको छु । जनताको अभिमतको कदर भएको छ, मतदान गर्न पाउने जनताको अधिकार सुरक्षित भएकोमा खुशी छु” उनले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै भनिन्, “पहिला पनि जनताको साथमै थिएँ, भोलिबाट फेरि जनताको बीचमा नै जान्छु।”

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना भइरहेको बेला गत जेठ १५ गते मध्यराति माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालका प्रतिनिधिले ९१ ओटा मतपत्र च्यातेका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...