यी हुन् कृत्रिम लिङ्गको प्रयोग गरी केटा बनेर धोका दिने महिला, अदालतले सुनायो यस्तो सजाय


कृत्रिम लिङ्ग (प्रोस्थेटिक पेनिस) लगाएर पुुरुष बनेर धोका दिने एक महिलालाई अदालतले सजाय दिएको छ । ब्रिटेनकी २७ सालकी गेल न्यूल्यान्डले वषौँ पहिले अनलाइनमा एक नक्कली प्रोफाइल बनाइन् जसमा उनले आफूलाई पुरुष भएको देखाइन् ।

यो घटना २०१३ सालको थियो जसमा नोभेम्बर २०१५ मा यो अपराधको लागि ८ सालको सजाय दिइएको थियो । तर पछि सुनुवाई गर्ने जजको फैसला निष्पक्ष र सन्तुलित नभएको भन्दै यो सजायलाई रद्द गरियो ।

तर जब यस मुद्धाको सुनुवाई दोस्रोपल्ट भयो तब गेललाई तीन पल्टसम्म पीडितलाई नभनिकन प्रोस्थेटिक पेनिसले सम्बन्ध बनाएको आरोपमा न्यायलयले दोषी ठहरायो ।

तर गेलीले भने यस आरोपलाई अस्वीकार गरेकी छिन् । मानचेस्टर क्राउन कोर्टमा उनलाई साँढे ६ सालको सजाय सुनाइएको छ ।

यस मुद्धाको सुनवाईमा पीडितले अदालतलाई सम्बन्ध राख्ने बेलामा अभियुक्तले उनलाई आँखामा पट्टी बान्नको लागि मनाएको बताएकी छिन् । 

पीडितको अनुसार जब उनलाई पुरुषको सट्टा महिलासँग छु जस्तो अनुभव भयो तब उनले पट्टी हटाइन् । उनको अनुसार उनलाई कसैको र्फच्यूनसँग सम्बन्ध बनाएको जस्तो लाग्यो, जस्तो उनले फेसबुक प्रोफाइलमा देखेकी थिइन् ।

यस प्रोफाइललाई न्यूल्यान्डले १५ सालको उमेरमा बनाएकी थिइन् र यसको लागि उनले एक अमेरिकी पुरुषको फोटो तथा भिडियोको प्रयोग गरेकी थिइन् ।

पीडितले भनिन्,”मैले त्यतिखेर थाहा पाए जतिखेर मैले आफ्नो पट्टी हटाँए । मलाई एक सेकेन्डको लागि लाग्यो कि म कोही महिलाको साथमा छु ।”

न्यूल्यान्डले भने आफुले जेन्डर लुकाएको आरोपको अस्वीकार गरेकी छिन् र दुवै महिला समलिङ्गी भएको र उनीहरु आफ्नो सेक्सुअलिटीलाई लिएर चिन्तित भएको र उनलाई पाएपछि सम्बन्ध बनाएको बताएकी छिन् । उक्त समयमा उनले ‘के’ को रुपमा पुरुषको भूमिका निभाएको बताएकी छिन् । बीबीसी

प्रतिकृया दिनुहोस्

Loading...