तपाइ ह्यान्डसम बन्न चाहनुहुन्छ ? रोक्नुहोस् यस्ता सामान्य ५ गल्ती

  • काठमाडौ ।
आकर्षक हुन कसलाई रहर छैन । यसका लागि धेरै पर्यत्न गरिन्छ । राम्रो लुगा लगाउने, कपालका नाँनाभाँती डिजाइन गर्ने र अनुहार पनि सक्दो राम्रो देखाउने । ठूला कुरामा ध्यान दिने पुरुषहरु सदा सानातिना कुरामा चुक्छन् । जसले गर्दा महिलालाई आकर्षित गर्नुका साटो विकर्षित गर्छ।

विना क्रिम सेभिङ

दाह्रीजुँगासँग धेरै पुरुषको ‘दोस्ती’ हुँदैन । बरु आयो कि फालिहाल्नुपर्ने शत्रुवत् व्यवहार हुन्छ । त्यसैले धेरैको दिनदिनै दाह्री काट्ने बानी हुन्छ । दिनदिनै दाह्री काट्नेले सधैँ क्रिम लगाउन झन्जट मान्छन् । कहिलेकाहिँ यत्तिकै दाह्री काट्छन् । यसले छालाको बाहिरी पत्र प्रभावित हुन्छ । जसले गर्दा अनुहारको चमक घट्छ।

नाक र कानमा ‘नो’ ध्यान

चिटिक्क कपाल र उस्तै दाह्री बनाउँछन् । तर, गुफाबाट निस्किेको झारजस्तो नाकमा रौं हुन्छ । कानमा पनि त्यस्तै, खडेरी परेको समयमा भीरमा उम्रेको घाँसजस्तो रौंको अवस्था । आँखा यस्तो चिज हो जसले भित्ता होइन, त्यसमा भएको दाग देख्छ । हो त्यस्तै अरुले पनि चिटिक्क पारेको कपाल र दाह्रीमा होइन, त्यतैतिर ध्यान दिइरहेका हुन्छन् । जसले अरुको आँखामा आकर्षक देखिने सपना चकनाचुर पारिरहेको हुन्छ।

कपालको वेवास्ता

अधिकांस पुरुषको कपाल छोटो हुन्छ । नुहाउने समयमा ‘छोटो कपाल त हो’ भन्दै स्याम्पू खोज्ने झन्जटबाट उम्किन शरीरमा दल्ने साबुनले काम चलाउने गर्छन् । जसले गर्दा कपालको चमक घट्ने त छँदैछ, चायाँ समेत निम्त्याउँछ । नुहाएर जाँदा पनि चिटिक्क पारेर लगाएको लुगाको घाँटीको कलरमा चायाँ टल्किन्छ । जसले गर्दा अरुको नजरमा आकर्षण घटिरहेको हुन्छ।

फुलेको कपाल उखेल्ने

उमेरसँगै कपाल फुल्दै जान्छ । कतिपयको उमेर नपुगेरै फुल्न सक्छ । पुरुषहरुले फुलेको कपाल बुढ्यौलीको संज्ञा ठान्छन् । त्यसैले समय मिल्यो कि फुलेका कपाल पन्छाउन खोज्छन् । यही गल्तीले उनीहरुलाई दोहोरो हानी गर्छ । एउटा फुलेको कपाल वरिपरिका कपाल प्रभावित भएर भविष्यमा तक्लु नै हुने र अर्को तनावले झन् धेरै कपाल फुल्ने हुन्छ।

नङ नकाट्ने

पुरुष कम सौन्दर्यप्रेमी हुन्छन् १ यो गलत हो, साना कुरामा पो रुची राख्दैनन् त । जस्तो नङ सजाउनु, ओठ चिल्लो राख्नु र आँखी भौँ सम्याउनु । तर, सबभन्दा ठूलो गल्ती यहीँनेर गरिरहेका हुन्छन् कि हात र खुट्टाको नङ आधा पहेँलो नहुन्जेल काट्दैनन् । यी पनि अरुका आँखा चाँडै पर्ने ठाउँ हुन् । त्यसैले ह्यान्डसम बन्ने सपनाको बाधक यो बानी पनि हुन सक्छ। स्वास्थ्य खवर

प्रतिकृया दिनुहोस्

Loading...