रविन्द्र मिश्रको साझा पार्टी र उज्ववल थापाको विवेकशीलबिच एकता भोलि, कसले गर्दैछ नेतृत्व ?

  • काठमाडौं ।
उज्ववल थापा विवेकशील नेपाली र रविन्द्र मिश्रको साझा पार्टीबीच भोलि बुधबार पार्टी एकता घोषणा हुने भएको छ ।

पहिलो चरणको स्थानीय चुनाव अगाडि पनि दुई पार्टीले एकता प्रयास गरेका थिए । तर, एकीकृत पार्टीलाई विवेकशीलका उज्ववल थापाले नेतृत्व गर्ने कि साझा पार्टीका रविन्द्र मिश्रले भन्नेमा कुरा मिलेको थिएन । 

अहिले दुवै पार्टीको नेतृत्व तहलाई समायोजन गर्ने र सामुहिक नेतृत्वमा अघि बढ्ने विषयमा सहमति भएको छ ।दिउँसो इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वरमा एकता घोषणा हुने दुबै पार्टीले संयुक्त विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

पहिलो चरणको स्थानीय चुनावका क्रममा काठमाडौं महानगरमा विवेकशील र साझा दुवै पार्टीका उम्मेदवारले राम्रो मत ल्याए पनि दोस्रो चरणको चुनावमा पूर्व जिल्लाहरुमा उम्मेदवारी दिएका दुवै पार्टीले खासै भोट बटुल्न सकेनन् । 

मेयरको उम्मेदवार विवेकशीलकी रञ्जु दर्शना तेस्रो स्थानमा र साझाका किशोर थापा चौंथो स्थानमा रहेका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...