अन्ततः प्रचण्ड-बाबुराम एक हुने, अन्तिम चरणमा पुग्यो पार्टी एकताबारेको छलफल

  • काठमाडौं ।
संघीय समाजवादी फोरमसँग पार्टी एकता नभएपछि नयाँ शक्तिले माओवादी केन्द्रसँग एकता गर्न होमवर्क सुरु गरेको छ ।

नयाँ शक्तिका संगठनका विभाग प्रमुख देवेन्द्र पौडेलको अगुवाईमा माओवादी केन्द्रसँग छलफल अन्तिम चरणमा पुगेको माओवादी केन्द्र उच्च श्रोतले जनाएको छ ।

अन्तिम चरणमा आएर उपेन्द्र यादवले धोका दिएको भन्दै नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रसँग छलफल सुरु गरेको स्रोत बतायो ।

नेता पौडेलले यसअघि उपेन्द्र यादवसँग एकता गर्नुभन्दा माओवादीमै फर्किनुपर्ने बताउँदै आएका थिए । संयोजक बाबुराम भट्टाईले यादवसँग एकता गर्न चाहेका कारण पौडेल समूह कमजोर परेको थियो ।

आइतबारको अन्तिम वार्तामा यादवले आफ्नो नेतृत्व स्वीकार गर्न तयार भएमात्र पार्टी एकता गर्ने भनेपछि भट्टराई खाली हात फर्केका थिए ।

स्रोतका अनुसार आइतबार राति नै नेता पौडेलले माओवादी केन्द्रको दोस्रो पुस्ताको नेताहरुसँग छलफल सुरु गरेका थिए । सोमबार पनि छलफल भएको छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउँदै आएको नयाँ शक्तिले झैं माओवादी केन्द्रले पनि बैठकबाटै सो मुद्दालाई अगाडि सारेको र जम्बो केन्द्रीय समिति विघटन गरेका कारण छलफलको लागि वातावरण बनेको बताइएको छ ।

बाबुराम अझै पनि माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पक्षमा छैनन् तर माओवादी पृष्ठभूमि भएका अधिकांश नेताहरुले एकताको लागि दवाव दिइरहेका छन् ।

बाबुरामले नमानेपनि नेता पौडेलको समूहलाई भएपनि पार्टीमा भित्र्याउने तयारीमा माओवादी केन्द्रका नेताहरु लागिपरेका छन् । यदि पौडेल फर्केन अवस्थामा बाबुराम अाउँन बाध्य हुने माओवादी केन्द्रका नेताहरुको बुझाइ छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...