साउदी र कतारी रियाल दुई दिनदेखि स्थिर, हेर्नुहोस् अन्यको अवस्था के छ ?



काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १० पैसा र विक्रिदर २८ रुपैयाँ २७ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८७ पैसा र विक्रिदर २८ रुपैयाँ ०३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ९० पैसा र विक्रिदर २४ रुपैयाँ ०४ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १० पैसा र विक्रिदर ९ रुपैयाँ १५ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३९ रुपैयाँ ०७ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ ०६ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ ३७ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ९६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

,

प्रतिकृया दिनुहोस्

Loading...