अमेरिकी कुटनीतिज्ञलाई रुस छोड्न चेतावनीसहित राष्ट्रपति पुटिनको २४ घण्टे अल्टिमेटम

  • काठमाडौँ । 

अमेरिकाले थप नाकाबन्दीलाई कडा पार्ने तयारीसँगै रुसले अमेरिकी कुटनीतिज्ञलाई देश छोड्न भनेको छ ।

रुसी राष्ट्रपति पुटिनको आदेशमा सेप्टेम्बर १ देखि आफ्नो देशमा कुनै क्रियाकलाप नगर्न रुसले चेतावनी समेत दिएका छन् । रुसले मस्कोस्थित अमेरिकाका कुटनैतिक नियोगका सबै कर्मचारीलाई सो चेतावनी दिएको हो ।

यसअघि रुसले ७५५ कर्मचारी कटौती गर्न भनेको थियो । अहिले १२१० कर्मचारी छन् भने कटौती गरेपछि ४५५ कर्मचारी रहनेछन् ।

उता अमेरिकी विदेश मन्त्रालयले रुसस्थित आफ्ना कुटनैतिक नियोगका कर्मचारीलाई रुस छोड्न बाध्य तुल्याउन लागेको बताउँदै राष्ट्रपति पुटिनको निर्णयको प्रभाव मूल्यांकन गरिरहेको बताएको छ ।

रुसले भने अमेरिकाविरुद्ध अन्य कदमहरुको चालिने सम्भावना कायमै रहेको बताएको छ । राष्ट्रपति चुनावलाई लिएर रुस र अमेरिकबीच विवाद चर्कदै गएको छ ।

२०७४ साउन १६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...