आज साउने संक्रान्ति,देशभरी पुजा गरी मनाइँदै

  • काठमाडौँ। 
आज हरेक वर्ष झैँ यस वर्ष पनि साउन १ गतेलाई कर्कट संक्रान्ति (साउने संक्रान्ति) का रुपमा मनाइँदैछ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिका रुपमा मनाइन्छ । 

माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुने मान्यता छ । साउने संक्रान्तिपछि नेपालमा चाडपर्वको लहर सुरु हुन्छ ।

साउने संक्रान्तिका दिन कण्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने) को पूजा गरी बलेको अगुल्टो फालेपछि बर्खाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ ।

साउने संक्रान्तिमा देशभरका विभिन्न मन्दिरहरुमा पुजा पाठ गर्नेको घुइचो लाग्ने गर्छ । महिलाहरुले साउने संक्रान्तिको दिनदेखि हरियो चुरापोते लगाउन सुरु गर्ने चलन छ ।

२०७४ साउन १ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...