प्रचण्ड फेरि प्रधानमन्त्री, यस्तो छ देउवाको गोप्य योजना

  • काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले २०७५ सालसम्ममा तीनवटै तहको निर्वाचन गर्ने मनसाय बनाएका छन् । असोजअघि नै संविधान संशोधन गर्ने र त्यसपछि दुई नम्बर प्रदेशको चुनाव गर्ने देउवाको तयारी रहेको छ ।

स्रोतका अनुसार प्रदेशको यसै वर्षको अन्तिमतिर र केन्द्रको ०७५ साल जेठमा चुनाव गर्ने विषयमा उनले सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् । छलफलका क्रममा देउवाले केन्द्रीय संसदको चुनावपछि सत्ता प्रचण्डलाई सुम्पने आश्वासन समेत दिएका छन् ।

तीनवटै चुनाव कांग्रेस–माओवादी मिलेर गर्नुपर्छ भन्ने आशयका साथ प्रचण्डसँग वार्तालाप गरेका देउवाले यस्तो प्रस्ताव अघि सारेको देउवानिकट स्रोत बताउँछ । यस विषयमा प्रचण्डले भने कुनै प्रतिक्रिया दिएका छैनन् । उनले पार्टीभित्र छलफल गरेर मात्र यस विषयमा आफू बोल्ने बताएका छन् । स्रोतका अनुसार प्रचण्डले सकेसम्म यही वर्ष नै प्रदेश र केन्द्रीय चुनाव गर्नुपर्ने सुझाव देउवालाई दिएका छन् । तर, देउवाले भने कुनै पनि हालतमा यस वर्ष चुनाव गर्न सम्भव नभएको प्रतिक्रिया दिएको माओवादी स्रोत बताउँछ ।

यतिबेला संविधान संशोधनमा एमालेलाई मनाएर मधेसवादी दललाई खुसी पार्ने र संसदको म्याद थपि चुनाव सार्ने गृहकार्यमा देउवा छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...