खाल्डोमा डुबेर बालिकाको मृत्यु भएपछि प्रधानमन्त्री देउवाले बैठकमा गरे यस्तो बबाल

  • काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डुको अवस्था महानगर भन्न पनि लाज लाग्ने रहेको जनाएका छन् । उनले आवश्यक परे थप बजेट दिन तयार रहेको भन्दै सडकका खाल्डाहरु तत्काल पुर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले उपत्यकाको सडक व्यवस्थापनका लागि एकीकृत योजना बनाउन पनि सम्बन्धित निकायलाई सचेत गराएका हुन् । 

आईतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा उपत्यकाको सडक निर्माणसँग प्रत्यक्ष सरोकार राख्दै आएका सहरी विकास मन्त्रालयसहित सम्बन्धित निकायलाई प्रधानमन्त्री देउवाले सडक अव्यवस्थित हुँदा जनताले सास्ती व्यहोर्नु परेको उल्लेख गर्दै छिटो व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । 

सडक व्यवस्थापनको काम छिटो सम्पन्न गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्रीले निर्देशन दिनु भएको सहरी विकास मन्त्री प्रभु साहले जानकारी दिए । उनले प्रधानमन्त्रीले सडक व्यवस्थापनको कामलाई एकैसाथ सम्पन्न गर्न खानेपानी, ढल निकास, टेलिकम लगायतका संघ, संस्थाहरुसँग सहकार्य गरेर एकीकृत योजना बनाउन पनि सचेत गराएका छन् । काठमाडौं उपत्यकाको सडक अस्तव्यस्त भएपछि प्रधानमन्त्री देउवाले त्यसको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । 

खानपानी, ढल, टेलिफोनका तारहरु सडकमा बिछयाउने काम फरक फरक समयमा हुने गरेका कारण पनि काठमाडौं उपत्यकाको सडक खनिरहनु पर्ने अवस्था छ । प्रधानमन्त्री देउवाले एकीकृत योजना बनाएर सबै काम एकैचोटी सके सडक व्यवस्थित हुनेतर्फ सम्बन्धित निकायलाई सचेत गराएका हुन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...