विम्बल्डनमा शीर्ष वरियताका खेलाडीहरुलाई सफलता

  • लन्डन । 

शीर्ष खेलाडीहरु रोजर फेडेरर र नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बिहीबार भएको दोस्रो चरणको खेलमा सर्बियाका डुसान लाओभिचलाई ७/६, ६/३ र ६/२ ले हराउँदै फेडेरर तेस्रो चरणमा प्रवेश गरेका हुन् । 

कीर्तिमानी आठौं पटक विम्बल्डन जित्ने अभियानमा रहेका फेडेररले अब जर्मनीका मिसा भेरेभको सामना गर्नेछन् ।

विम्बल्डन टेनिसकै अर्को खेलमा सर्वियन खेलाडी नोभाक जोकोभिचले चेक गणतन्त्रका एडम पाभ्लासेकलाई ६/२, ६/२ र ६/१ को सोझो सेटमा पराजित गरे । जोकोभिचले अब तेस्रो चरणमा लात्भियाका अर्नेस्ट गुल्बीससँग खेल्नेछन् ।

विम्बल्डन टेनिसको महिलातर्फ जर्मनीकी एन्जेलिक केर्बर, डेनमार्ककी क्यारोलिन वोज्नियाकी, पोल्याण्डकी आग्नेस्का राड्वान्स्का र रुसकी स्वेतलाना कुज्नेत्सोभा पनि तेस्रो चरणमा पुगेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...