दोस्रो चुनावको पूरा नतिजा बाहिरियो, चुनिए ६६८ प्रमुख र उपप्रमुख (लिस्टसहित)

  • काठमाडौं ।
असार १४ गते भएको दोस्रो चरणमा निर्वाचन सम्पन्न तीन प्रदेशका ३३४ स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ । अन्तिम नतिजाअनुसार नेकपा एमाले १५१ तहमा अध्यक्ष तथा प्रमुख जितेर पहिलो पार्टी बनेको छ भने उपप्रमुख तथा उपाध्यक्षामा १७९ तहमा जितको छ ।

त्यस्तै, नेपाली कांग्रेसले १२२ तहमा जित हासिल गरेको छ भने उपप्रमुख तथा उपाध्यक्षमा १०२ तहमा मात्रै जितेको छ । माओवादी केन्द्रले ३८ तहमा प्रमुख तथा अध्यक्ष जितेको छ भने उपप्रमुख र उपाध्यक्षमा ३७ तहमा जित निकालेको छ ।

एमाले प्रमुख तथा अध्यक्ष कांग्रेसभन्दा २९ तह बढीमा विजयी भएको छ भने उपप्रमुख तथा उपाध्यक्षा ७७ पदमा जितेको पाइएको छ ।

प्रदेशअनुसार अन्तिम नतिजा

प्रदेश नं १
पार्टी प्रमुख र अध्यक्ष उपप्रमुख र उपाध्यक्ष
एमाले ६९ ८६
कांग्रेस ५१ ३७
माओवादी केन्द्र ९ ७
नेपाल लोकतान्त्रिक ३ ३
संघीय समाजवादी २ २
राप्रपा ३ १
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ० १
जम्मा १३७ १३७

प्रदेश ५
पार्टी प्रमुख र अध्यक्ष उपप्रमुख र उपाध्यक्ष
एमाले ४३ ४९
कांग्रेस ३३ ३२
माओवादी केन्द्र १९ २०
संघीय समाजवादी ६ ५
जनमोर्चा २ २
नेपाल लोकतान्त्रिक २ ०
राप्रपा १ १
स्वतन्त्र ३ ०
जम्मा १०९ १०९

प्रदेश ७
पार्टी प्रमुख र अध्यक्ष उपप्रमुख र उपाध्यक्ष
कांग्रेस ३८ ३३
एमाले ३९ ४४
माओवादी केन्द्र १० १०
फोरम लोकतान्त्रिक १ १
जम्मा ८८ ८८

, ,

प्रतिकृया दिनुहोस्

Loading...