तनहुँ जलविद्युत आयोजनाद्वारा ४५ करोड १९ लाख मुआब्जा वितरण


तनहुँ ।

तनहुँ जलविद्युत आयोजनाले ४५ करोड १९ लाख ४ हजार २ सय १० रुपैयाँ मुआब्जा वितरण गरेको छ । आयोजनाले आर्थिक वर्ष २०७३÷०७४ मा सो मुआब्जा वितरण गरेको हो । 

आर्थिक वर्ष २०७२÷७३ मा ४६ करोड ९९ लाख ५० हजार ७० रुपैयाँ मुआब्जा निकासा भएकाले मुआब्जा वितरण गरेको हो । 

सेती नदीको जलाशयले तनहुँका भिमाद, माझकोट, ऋषिङ्ग रानीपोखरी, साभुङ्ग भगवतीपुर, कोटदरबार, जामुने र छाङ क्षेत्रका अधिग्रहण गरेको घर, टहरा, गोठ, फलफूल तथा बोटविरुवाहरु क्षतिपूर्ति स्वरुप २६० प्रभावितका लागि सो मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ । 

डुवान क्षेत्र प्रभावित समितीले प्रतिरोपनी ४० लाख माग गरेपनि नेपाल सरकारले २ देखि ८ लाख रुपैयाँ प्रतिरोपनीका दरले वितरण गरिरहेको छ । बाध निर्माण भएपछि जलशायले तनहुँको भिमाद, माझकोट, ऋषिङ्ग रानीपोखरी, साभुङ्ग भगवतीपुर, कोटदरबार, जामुने र छाङ क्षेत्रका जग्गा डुवानमा पर्नेछ ।

आयोजनाको निर्माणका लागि भौतिक पूर्वाधारहरुको निमार्ण कार्य द्रुत गतिमा अगाडि बढाइएको छ । विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ अर्ब ७७ करोड र त्यसपछि ४८ अर्ब ९९ करोड युनिट उत्पादन हुने छ ।

बढी विजुली माग हुने हिउदमा आयोजनाबाट ६ घण्टा पूर्ण क्षमतामा अर्थात १४० मेगावाट विद्युत प्रवाह हुने जनाईएको छ । ५० करोड ५० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनाकोे ब्याज, प्रसारण लाइन निर्माण र ग्रामिण विद्युतीकरण हुनेछ । आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको ८ करोड ६० लाख, एसियाली विकास बैकको १५ करोड,१८ करोड ४० लाख र युरोपेली लगानी बैकको लगानी ८ करोड ५० लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी रहेको जानकारी सहायक इन्चार्ज बिदुर अधिकारीले जनाकारी दिए । 

२०७४ साउन ८ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...