फलोअप १ : पीडितलाई झन् पीडा दिने प्लटिङवालाहरुको यस्तो चाल

  • काठमाडौँ ।
इन्द्रायणी जग्गा प्लटिङ काण्डका दलालहरुले आफ्नो धन्दाको बचाउ गर्न अनेक चाल चाल्न सुरु गरेका छन्। इमान्दार मिडियाले उनीहरुको ठगि धन्दाबारे समाचार प्रकाशित गरेपछि बर्बाराएका प्लटिङवालाहरुले आफ्नो धन्दाको बचाउ गर्न नयाँ चाल सुरु गरेका हुन् । 

प्लटिङवालाले आफ्नै समुहकि एक जना महिलालाई उनले लगानी गरेको सावा र प्लटिङ गरी जग्गा बिर्की भए वापत पाउने नाफा रकम नदिएर ठगि गरेको समाचार इमान्दार मिडियाले ब्रेक गरेको थियो  ।

जग्गा प्लटिङ गरी बेच बिखन गर्दै नाफा कमाइरहेको उक्त समुहका प्रेम तामाङ, विनोद लामा, सानु योन्जन र घ्याल्सिंङ्ग लामाले आफूहरुबाट पीडित टिकामायाँ गोलेलाई उनले पाउनुपर्ने सावा र नाफा रकम दिएर न्याय दिनुको सट्टा मिडियाबाजी गरेको आरोप लगाउंदै महानगरीय प्रहरी वृत बौद्धमा उल्टै उजुरी हालेका थिए ।

महानगरीय प्रहरी वृतमा आफैले घर न घाट बनाएकी टिका मायाँका बिरुद्ध उजुरी दिनु भनेको उनीहरुले न्याय दिन नभई मानसिक रुपमा टिकामायाँलाई यातना दिनु थियो ।

बौद्ध प्रहरी प्रमुख अछुतम प्रसाद पुडासैनीसँग इमान्दार मिडियाले कुरा गर्दा उनले भने 'उनीहरु दलाल नै हो उनीहरुले टिकामायाँलाइ सरासर अन्याय गरेको देखिएको छ । पीडितले उजुरी दिनुपर्ने ठाउँमा उनीहरुले नै उजुरी दिएपछि हामी मिलाउने कोशिसमा छौ । हाम्रो मुद्दा शाखाले उक्त केस हेरिरहेको छ ।' 

त्यस्तै मुद्दा साखा प्रहरीका अनुसार दुवै पक्षलाई बोलाएर गएको शुक्रबार मिलाउने कोशिस गरिएको थियो । तर जग्गा प्लटिङवालाहरुले उनले पाउनुपर्ने नाफाको हिसाबकिताब प्रष्ट रुपमा देखाउन आनाकानी गर्दा उक्त मुद्दा नमिलेको बुझिएको छ ।

यता पीडित टिकामायाँ गोलेले भने आफुले आफ्नो सावाका अलावा ४८ लाख नाफा पाउनुपर्ने दाबी गरेकी छन् । टिकामायाँका अनुसार सावा ४५ लाख उक्त प्लटिङवाला टीमलाई बुझाएकी थिइन् । उक्त रकमको हिसाबकिताब माग्न खोज्दा प्लटिङसमुहले उल्टैआफुलाई कुटपिट गरेको पीडित टिकामायाले बताइन्।

चक्कु प्रहार गरी घाइते भएपछि आफ्नो घाउ देखाउदै गोले ।
उनले भनिन् - 'दलालहरुले मलाइ सोझो अनपढ र महिला देखेर रुवाउनसम्म रुवाए शक्ति र पहुचका आधारमा मलाई जहिले पनि अन्यायमा पारिरहे मेरो पक्षमा बोल्ने कोही नभएका कारण मलाई घरमै आएर हातपात गर्ने, डर धम्की दिने र तर्साउने काम गरिरहे ।' 

यो बिषयमा प्लटिङवाला समुहले टिकामाया गोलेलाई रकम दिनुपर्ने स्वीकार गर्दै आफुहरु रकम दिन तयार भएको तर बौद्ध स्थित प्रहरी वृत बाहेक छलफलका निम्ती अन्त नबस्ने अडान लिए । प्रहरीले भने खासमा आफुहरुले हेर्ने केस नभएको र प्रहरीको रोहबरमा मिल्दैन भने कानुनी प्रक्रियामा जान सुझायो ।

यस्तो छ प्लटिङवालाहरुले प्रहरीमा दिएको निबेदन
यो पनि पढ्नुहोस्

, ,

प्रतिकृया दिनुहोस्

Loading...