जनकपुरमा एमाले नेता चढेको गाडी दुर्घटनाः पूर्व सांसदसहित दुईको मृत्यु, ४ को अवस्था गम्भीर

  • काठमाडौं  । 
धनुषा जनकपुरमा नेकपा एमालेका नेता चढेको गाडी दुर्घटना हुँदा पूर्वसांसदसहित दुई जना मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन ।

जनकपुरवासी युवा संघका नेता सञ्जीव झाका अनुसार दुर्घटनामा सिरहाको लहान नगरपालिका १२ बस्ने ४० वर्षीय एमाले कार्यकर्ता ललिता चौधरी र एमालेका पूर्व सांसद ३० वर्षीया सरिता देवी चौधरीको ज्यान गएको छ । 

घाइते पूर्व सांसद रामरति राम, केन्द्रीय बिभागका सदस्य मागेद कामत, जिल्ला कमिटी सदस्य सिरहा सागर देबी चौधरी र दिलिप चौधरीको अवस्था गम्भीर छ ।

उनीहरुलाई थप उपचारका लागि बिराटनगर न्युरो अस्पताल पठाइएको नेता झाले बताए । जनकपुरमा दुर्घटना भएको गाडीमा सिरहाका एमाले नेता कार्यकर्ता सवार थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...