यी हुन् राष्ट्रपति भण्डारीलाई सार्वजनिक रुपमा गालीगलौज गर्ने सोनुु कुमार



काठमाडौं ।

राष्ट्रपति विद्यादेबी भण्डारीको गाडी खरिद प्रकरणसंग जोडेर अपमानजनक फेसबुक स्टाटस लेख्ने सोनुु कुमार सुनारलाई जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले साइवर अपराधको कानुनी कारवाहीका लागि काठमाडौँ पठाएकोछ ।

सुनारले विभिन्न मितिमा राष्ट्रपति ,प्रधानमन्त्री देखि ठुलापार्टीका नेताहरुका विषयमा लेखेका आपत्तिजनक तुच्छ स्टाटसवाट उनले साइवर अपराध निरन्तर गर्दै आएको पाइएकोले काठमाडौं चलान गरिएको प्रहरी उपरिक्षक भोजजंग शाहले वताए । 

यता कपिवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले साइवर अपराधका विषयमा पहिलोपटक कपिलवस्तुवाट अनुसन्धान शुरु भएको बताए । उनले यस्ता गतिविधीमा संलग्नहरुका वारेमा समयमै प्रशासनलाई जानकारी दिन आग्रह गरे । 

यता पक्राउ परेका सुनारमाथि कडा कारवाहीको माग गर्दै कपिलवस्तुका अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापन पत्र वुझाएका छन ।

पक्राउ परेका सुनार कपिलवस्तु सदरमुकाम तौलिहवाको रेडियो हुदाका प्राविधिक हुन् । उनले आफुलाई सो रेडियोको स्टेशन मेनेजर भनेर फेसबुकमा स्वघोषित रुपमा लेखका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...