उर्जामन्त्री शाहीले १ हप्ताभित्र विद्युत चुहावट १८ प्रतिशतमा झार्न निर्देशनपछि प्राधिकरणभित्र हलचल, घुसखोरहरु तनावमा

  • काठमाडौँ । 
उर्जा मन्त्री महेन्द्रबहादुर शाहीले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई विद्युत चुहावट १८ प्रतिशतमा झार्न आदेश दिएपछि प्राधिकरणभित्रका घुसखोरहरु तनावमा परेका छन् । जनार्दन शर्मा उर्जामन्त्रीबाट गएलगत्तै कमिसनबिना कामै नगर्ने प्राधिकरणभित्रका केहि कर्मचारीहरु बिहिबारबाट तनावग्रस्त बनेका स्रोतको भनाई छ ।

बिहीबार नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री शाहीले प्राविधिक र चोरीबाट हुने चुहावट नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिए । उनले प्रत्येक पोल पोलमा कर्मचारी खटाएर भएपनि विद्युत चुहावट नियन्त्रण गर्न कर्मचारीलाई कडा निर्देशन दिएका हुन ।

‘वितरण प्रणालीमा अहिले पनि २३ प्रतिशत विद्युत चुहावट छ । एक सातामा परिणाम देखिने गरी काम गर्नुस्, अटेर गर्ने कर्मचारीलाई कारबाही हुन्छ ।’ मन्त्री शाहीले भने ।

२३ प्रतिशतको हाराहारीमा रहेको विद्युत चुहावटलाई एक साताभित्र १८ प्रतिशतमा झार्न मन्त्रीले निर्देशन दिएपछि प्राधिकरणका उच्च पदस्थ अधिकारीहरुलाई तनाव सिर्जना भएको हो । मन्त्रीको निर्देशन लगत्तै प्राधिकरणका कर्मचारीहरु विद्युत चुहावट कम गर्ने उपायको खोजीमा लागेका छन् ।

एक सातामा विद्युत चुहावट १८ प्रतिशतमा झार्ने गरी काम गर्न निर्देशन दिदै मन्त्री शाहीले अटेर गर्ने कर्मचारीलाई कारबाही हुने चेतावनी दिए । विद्युतको माग व्यवस्थापनमा ठूलो सफलता मिलेकाले अब फेरि लोडसेडिङ गर्ने अवस्थामा प्राधिकरणलाई फर्काउन नहुने मन्त्री शाहीको भनाई छ ।

२०७४ साउन १३ मा प्रकाशित ।

यो पनि पढ्नुहोस्
लोडसेडिङ हटाएर चर्चित बनेका कुलमान कमिशनखोरहरुको घेराबन्दीमा, यसरी खुल्यो रहस्य

,

प्रतिकृया दिनुहोस्

Loading...