लालु यादव परिवारका १२ घरमा सिबिआईको छापा

  • काठमाडौँ ।
घोटाला अभियोगमा अनुसन्धानको घेरामा रहेका लालु यादबको घरमा सिबिआईले शुक्रबार बिहान छापा मारेको छ। उनको पटनास्थित घरसहित उनका परिवारका १२ घरमा छापा मारेको छ। 

राष्ट्रिय जनता दलका प्रमुख यादव रेल मन्त्री हुँदा होटल मर्मतका लागि दिएका डेन्डरमा देखिएको घोटलालाई लिएर अनुसन्धान गरिरहेको सिबिआईले पछिल्लो छापा मारेको हो। 

लालुले स्टेसनसँगै रहेका भारतीय रेल्वेका होटलहरूको मर्मत र सञ्चालनका लागि दिएको टेन्डरहरूमा घोटला गरेको आरोप लागेको थियो।
यादव उनकी पत्नी राब्री देवी र बिहारका अहिलेका उपमुख्य मन्त्री तेजस्वी विरूद्ध उक्त घोटलाको अभियोग लागेको छ।

यादवको पटनास्थित घरसँगै दिल्ली, हरियाणाको गुडगाउँ, उडिसाको पुरी र झारखण्डको राँचीमा रहेका यादव परिवारको घर तथा सम्पत्तिमा सिबिआईले शुक्रबार बिहान साढे ७ बजे छापा मारेको हो।

२०७४ असार २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...