विश्वकप क्रिकेटमा इंग्ल्याण्डले भारतलाई यसरी धुलो चटायो


काठमाडौं । 

महिला विश्वकप क्रिकेटमा भारतलाई पाखा लगाउदै फेरी इंग्ल्याण्ड बिजयी भएको छ । फाइनलमा भारतलाई ९ रनले पराजित गर्दै चौथो पटक इंग्ल्याण्ड बिश्व बिजेता बनेको छ ।

आइतवार साँझ इंग्ल्याण्डको लज मैदानमा भएको खेलमा भारत ९ रनले पराजित भएको छ । टस जितेर पहिलो ब्याटिड गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा २२८ रन बनाएको थियो ।

इंग्ल्याण्डले लिएको लक्ष्य पछाउन जवाफी ब्याटिडमा उत्रेको भारत ४८.४ बलमा अलआउट हुँदै २१९ रन बनायो ।

एक समय निकै बलियो अबस्थामा रहेका भारतलाई इंग्ल्याण्डकी बलर एनिसले धरापमा पारिन । उनले भारतका ६ खेलाडीलाई मैदानबाट बाहिर पठाइन ।

,

प्रतिकृया दिनुहोस्

Loading...