काँग्रेस-एमालेलाई यस्तो झट्का, गगन थापा र योगेश भट्टराई लागे प्रचण्डतिर....

  • काठमाडौं । 
पहिलो संविधान सभाको निर्वाचनपछि भएका दुई निर्वाचनमा पराजय भोगेको नेकपा माओवादी केन्द्र फेरी एकपटक राजनीतिक एजेण्डामा अगाडी देखिएको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव उठाएर माओवादी केन्द्रले राजनीतिक फड्को मारेको विश्लेषकहरु बताउँछन् ।

हालको निर्वाचन प्रणालीबाट नागरिक हैरानीमा परिसकेका छन् । निर्वाचन प्रणालीको कमजोरीले प्रत्येक ८ महिनामा सरकार परिवर्तन भइरहेका छन् । यही प्रणाली अन्त्य गरी पाँच बर्ष स्थायी सरकार निर्माण गर्न माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्टपतिको मुद्दा फेरी बहसमा ल्याएको छ ।

माओवादी केन्द्रले ल्याएको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा एमाले र नेपाली कांग्रेसका युवा नेताहरु पनि छन् । एमाले सचिव तथा प्रचारविभाग प्रमुख योगेश भट्टराई लामो समयदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्टपतिका पक्षमा बहस गर्दै आएका छन् । एमालेभित्रको ठुलो पंक्ति प्रत्यक्ष निर्वाचित राष्टपतिकै पक्षमा छ । तर शिर्ष नेताहरु भने यस बिषयमा मौन रहदै आएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका युवा नेता गगन थापा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा छन् । उनले नेपाली कांग्रेसभित्र यो बहस चलाउन पनि खोजिरहेका छन् । तर नेपाली कांग्रेसको शिर्ष नेतृत्व भने यो मुद्दामा बहस नै गर्न चाहदैन । नेपाली कांग्रेसकै कारण संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको ब्यवस्था हुन नसकेको हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...