यी पत्रकार जस्ले हिन्दु धर्मावलम्वीको अपमान गर्दै रक्षाबन्धनलाई अन्डरवेरसँग तुलना गरे !

  • काठमाडौं । 
आफुलाई राज्यको चौथो अंग भनेर दाबी गर्ने पत्रकारबाट सामाजिक सद्भावनासँग जोडिएको रक्षाबन्धन पर्वका विषयमा विवादास्पद अभिव्यक्ति आएको छ । यस्तो अभिव्यक्ति दिने पत्रकार एवम कार्टुनिष्ट योगेश कुमार खपांगी हुन् ।

उनले शुक्रबार समस्त हिन्दु धर्मावलम्वीको अपमान हुने गरी आफ्नो फेसबुकपेजमा विवादस्पद स्टाटस लेखेपछि थुप्रैले उनको विरोध गरेका छन् । उनको यस्तो स्टाटसले समस्त पत्रकारहरुको बेइज्जेत भएको छ ।

हिन्दुहरुको महानपर्व रक्षावन्धनलाई लिएर उनले अपमानजनक शव्द लेखेपछि अहिले उनको फेसबुकवालमा त्यसका विरुद्धमा कमेन्टहरु आइरहेका छन् ।

उनले हिन्दुहरुले लगाउने जनैलाई भित्री वस्त्रसंग तुलना गरेर स्टाटस लेखेका छन् । उनलाई अरुको धर्म र आस्थामाथि अपहेलना गर्ने कोशिस गरेको र त्यसले तमाम हिन्दु धर्मावलम्बीहरुमाथि अपमान गरेको आरोप लगाउदै तुरुन्त माफि माग्न समेत आग्रह गरिएको छ । 

पत्रकार एवम कार्टुनिष्ट योगेश कुमार खपांगीको फेसबुक अबाउटमा News 24 Nepal टेलिभिजन न्युज डेक्स सम्पादक लेखिएको छ । त्यसका साथै उनले अरु विभिन्न मिडियामा पनि कार्यरत रहेको अबाउट राखेका छन् ।

यस्तो छ उनले लेखेको विवादास्पद स्टाटस (जस्ताको तस्तै)


हेर्नुहोस् उनको फेसबुक अबाउट




२०७४ साउन १३ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...