यी हुन् जापानले नपत्याएका चर्चित कलाकार, अभिनेत्री करिश्मादेखि गायक रामजी र पशुपति शर्मासम्म

  • टोकियो । 

नजिकिएसँगै चल्तीका दर्जनौं कलाकारहरुको साथमा यो बर्षको तीज मनाउने तयारी गरिरहेका जापानका नेपाली संघसंस्थाहरु निकै तनावमा देखिन्छन् ।

कारण, जापान आउने तयारी गरिरहेका दुई दर्जनभन्दा बढी चल्तीका कलाकारलाई जापानले नपत्याएपछि तय भएका कार्यक्रमको रुपरेखा परिवर्तन गर्नु पर्ने बाध्यता ।

तर विगत लामो समयदेखि जापानमा सक्रिय संस्था ‘म नेपाली ग्रुप’की स्मृति आचार्यले भने कलाकारलाई नपत्याएको भन्दा पनि केही कलाकारहरु कार्यक्रमको लागि जापान आएर ओभस्टे बसेको कारण यस्तो अवस्था आएको बताउँछिन् । उनी भन्छन्, ‘हामी आयोजककै गल्तिका कारण यसपटक धेरै कलाकारले भिसा पाएनन् ।’

त्यस्तै डिजे जोन छन्त्यालले पनि कलाकारहरुको भिसा नलागेकोमा दुखेसो पोख्दै भन्छन् ‘जापानले एकैचोटी यत्ति धेरै कलाकारको भिसा नदिएको यो पहिला घटना हो ।’

छन्त्यालले भने, ‘कलाकारको नाममा जापान ल्याउने अनि शरणार्थीको आवेदन भराउने गिरोह जापानमै सक्रिय छन् । यो यसैको परिणाम हो ।’

कस-कसको रोकियो भिसा

यस पटक जापान सरकारले कार्यक्रमको लागि जापाने आउने तयारी गरिरहेका नेपाली चलचित्र र गीतसंगीत क्षेत्रका चर्चित अनुहारलाई भिसा दिएन् ।

छौठौं पटक जापान आउने तयारी गरिरहेका तीजे किङ्को उपमा पाएका गायक पशुपति शर्माको पनि यस पटक भिसा लागेन । शर्माले भने, ‘जापानकै लागि क्यानडा र इजरायलको कार्यक्रम रद्द गरियो तर भिसा लागेन् ।’ उनले आफ्नो फेसबुकमार्फत पनि आफूलगायत धेरै कलाकारको भिसा नलागेको खुलाएका छन् ।

सदाबहार नायिकाको उपमा पाएकी करिश्मा मानन्धरलाई समेत जापानले पत्याएन । उनी अगष्टको अन्तिम साता टोकियोमा हुने भनिएको तीज कार्यक्रमका लागि जापान आउने तयारीमा थिइन् ।

त्यस्तै लोक दोहोरीका हस्ती प्रजापति पराजुलीको पनि यस पटक जापान आउने साइत जुरेन । उनको पनि आवेदन अस्विकार गरिदिएको खबर अनलाइनखबरलाई प्राप्त भएको छ ।

शर्मा, मानन्धर र पराजुलीसँगै पटकपटक जापान आएका गायक तथा मोडल रामजी खाँड, गायिका मुना थापा मगर, गायिका जानकी तारमी मगर, गायक प्रकाश कटुवाल, गायिका सम्झना लामिछाने मगरलगायत दुई दर्जनभन्दा बढी कलाकारलाई समेत जापानले भिसा दिएन । उनीहरु तीज कार्यक्रमकै लागि जापान आउने लागेका थिए ।

टोकियोमा कुन-कुन कार्यक्रम भए स्थगित

अगष्ट १३ तारिख आइतबार हुने भनिएको ‘यलम्बर नाईट २’ पनि कलाकारको भिसाको कारण देखाउँदै आयोजकले केही दिनअघि स्थगित गरेको थियो । यो कार्यक्रमका लािग चर्चित गायिका मेलिना राई, गायक नरेन लिम्बु र डान्सर आरुसी मगर आउने तयारीमा थिए ।

तर अन्तिम समयमा जापानले कलाकारलाई भिसा नदिएपछि कार्यक्रम स्थगित भएको थियो ।

त्यस्तै ‘२१ औं रोधीं साँझ’का कलाकार गायक धर्मेन्द्र सेवान र गायिका तृष्णा गुरुङको पनि भिसा नलागेपछि कार्यक्रम स्थल सार्नु परेको तमु धीं जापानले बताएको छ ।

टोकियोबाहिरका लागि भने भिसा खुकुलो

टोकियोबाहिर हुने कार्यक्रमको लागि भने जापान सरकारले कलाकारको भिसा खुकुलो बनाएको छ । फुकुओकामा हुने कार्यक्रमका लागि गायक रमेशराज भट्टराई, गायिका पूर्णकला बि.सी र कल्पना दाहाल जापान आउँदैछन् ।

भट्टराई, बि.सीलाई टोकियोमा हुने अधिकांश तीज कार्यक्रममा संघसंस्थाले तानातान गरिरहेका छन् ।
भट्टराई, बि.सीसँगै परदेशी गायक सुर्य खड्का र माधव सिग्देललाई लिएर नवलपरासी समाज जापानले यही अगष्ट २१ त्ारिख नवलपरासी बहिरा संघको सहयोगार्थ तीज धमाका कार्यक्रम गर्दैछ ।

त्यस्तै कार्यक्रमकै लागि टोकियोबाहिर गायिका मञ्जु पौडेल, गायिका सिता के.सी पनि आउँदैछन् । गायिका के.सीलाई लिएर ‘म नेपाली ग्रुप’ले टोकियोमा कार्यक्रम गर्दैछ ।

कलाकारलाई घाटा

जापानमा हुने कार्यक्रमकै लािग चर्चित गायक पशुपति शर्माले क्यानडा र इजराईलको कार्यक्रम रद्द गरे । तर शर्माको जापानको भिसा लागेन ।

जापानको भिसा नलागेपछि गायक शर्माले अनलाइनखबरसँग आफ्नो दुखेसो पोख्दै भने, ‘कम्तिमा पनि ६, ७ लाख घाटा भयो, अब नेपालमा ८ वटा कार्यक्रम फिक्स गरेको छु, यसैमा खुशी हुँदैछु ।’

त्यस्तै गायक रामजी खाँड र मुना थापा मगरले पनि जापानको लागि अन्य कार्यक्रम रद्द गर्नु परेको पीडा सुनाए । उनीहरु पनि लाखौंको घाटा व्यहोर्न बाध्य भए ।

किन रोक्यो एकैपटक दर्जन बढी कलाकार

जापानमा एकैपटक दुई दर्जनभन्दा बढी कलाकारलाई भिसा नदिएको यो पहिलो रेकर्ड हो । यसअघि पनि करिव ९ बर्षअघि गायक यम बराललाई जापानले एयरपोर्टबाटै फिर्ता पठाएको थियो भने अन्य कलाकारहरुलाई पनि भिसा दिएको थिएन् ।

जापान इमिग्रेशनका एक अधिकरीका अनुसार केहि महिना पहिला कार्यक्रमको लागि जापान आएका शर्मा थरको एक गायक २८ दिन ओभरस्टे बसेको कारण देखाउँदै अहिले भिसा रोकेको बताएको छ ।

त्यस्तै केही आयोजकहरुले नेपालबाट कलाकारका झिकाई शरणार्थीमा पठाउने गरेको केहि तथ्यहरु पनि फेला परेको छ । त्यसैले अब जापानका संघसंस्थाहरु सचेत हुने बेला आएको छ ।

अनलाइन खबरबाट

प्रतिकृया दिनुहोस्

Loading...