अपडेट: बाढीबाट झापामा ११ जनाको मृत्यु, ४ बेपत्ता


  • भद्रपुर। 
झापामा अविरल वर्षाका कारण आएको बाढीबाट ११ जनाको मृत्यु र चारजना बेपत्ता भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । 

मृत्यु हुनेहरुमा झापा गाउँपालिका–२ निवासी धनमायाँ घोर्षाने, शिवसत्ताक्षी–१ का विजय पाण्डे, झापा गाउँपालिका वडा नं ७ का कमला दर्लामी र खुशी दर्लामी, कचनकवल–३ का राम राजवंशी, झापा गाउँपालिका–२ का नाम नखुलेका मुस्लिम जातिका एकजना रहेका छन् ।

त्यस्तै दमक–५ निवासी बिन्दु सिटौला, हल्दिबारी–१ निवासी चम्पामणि सत्तारु, झापा गाउँपालिका–२ निवासी पहिचान नखुलेका एकजना, कमल गाउँपालिका–५ निवासी दिवस राई र झापा गाउँपालिका–४ निवासी १० वर्षीय कुल्सन खातुन छन् । 

यसैगरी, बेपत्ता हुनेमा झापा गाउँपालिका–२ निवासी कमला घोर्षाने र कलिप्रसाद राजवंशी, उनकी श्रीमती र एकजना बच्चा छन् । 

बाढीका कारण प्रभावित परिवार दुई हजार १९ र विस्थापित परिवार एक हजार ८९६ तथा १२ घर पूर्णरुपमा क्षति भएको सोसाइटीले जनाएको छ । 

२०७४ साउन ३१ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...