सुन्दर राजकुमारीका ‘डर्टी सिक्रेट’ले खानदानलाई बनायो लज्जित


संसारभरीका शाही खानदान आफ्ना अकूत सम्पत्तिका अलावा सुन्दर राजकुमारीका लागि पनि चर्चित छन् । अरब देशका सुन्दर राजकुमारीबारे संसारभरीका मिडियाले लेख्ने गर्दछन् । 

यद्यपी, यी राजकुमारीहरु आफ्ना ‘डर्टी सिक्रेट’ का कारण पनि संसारभरी चर्चित बनिसकेका छन् । उनीहरुका कारण पूरा शाही खानदानले लज्जित महसुस गर्नुपरेको थियो ।

आउनुहोस् अरबदेखि युरोपसम्मका राजकुमारीका ‘डर्टी सिक्रेट’ बारे ।

१. प्रिन्सेज मेरीः

पहिचानः रोयल फेमिली अफ डेनमार्ककी सदस्य

डर्टी सिक्रेटः

विवाहित भएपनि थुप्रै सुरक्षाकर्मीसँग रह्यो सम्बन्ध

के हो कहानीः

विभिन्न समाचार एजेन्सीका अनुसार मेरीको आफ्ना थुप्रै सुरक्षाकर्मीसँग सम्बन्ध रह्यो ।

एक किताबका अनुसार मेरीका श्रीमान् प्रिन्स फ्रेडरिकले यसका कारण आफ्ना थुप्रै स्टाफलाई कामबाट निकालिदिएका थिए ।

२. प्रिन्सेज मेट मेरिट जेसेमः

पहिचानः रोयल फेमिली अफ नर्वेकी सदस्य

डर्टी सिक्रेटः

वाइल्ड पार्टी गर्नुका साथै लागुऔषध कारोबारीसँग सम्बन्ध

कहानीः

नर्वेका युवराज हेकेनकी श्रीमती प्रिन्सेज मेट मेरिट जेसेमले आफ्नो पुरानो व्यवहारका कारण माफीसमेत माग्नुपरेको थियो । उनी आफ्नो वाइल्ड पार्टी र लागुऔषध दुर्व्यवसनका कारण चर्चामा थिइन् ।

राजकुमारीले यसका लागि सार्वजनिक रुपमा माफी पनि मागेकी थिइन् ।

३. प्रिन्सेज थिओड्रा सिन विटजेन्सिटन
पहिचानः जर्मन रोयल फेमिलीका सदस्य

डर्टी सिक्रेटः नशामा मात्तिएको अवस्थामा बिना कपडा पुलिसले पक्राउ गर्यो ।

कहनीः
जर्मन रोयल फेमिलीकी २७ वर्षीया प्रिन्सेजलाई कलेजको वार्षीक कार्यक्रमपछि मातिएको अवस्थामा पुलिसले नग्न अवस्थामा पक्राउ गरेको थियो ।

पुलिसको बयान अनुसार कपडा बिना नै राजकुमारी बाउन्ड्री क्रस गर्ने कोसिस गरिरहेकी थिइन् ।
पछि उनलाई अदालतमा पेश गरियो । बेलायत मिडियासँगको कुराकानीमा जर्मन रोयल परिवारले उक्त घटनापश्चात् परिवारले निकै लज्जित महसुस गरेको बताएको थियो ।

४. प्रिन्सेज डायन:
पहिचानः बेलायतको शाही परिवारको सदस्य

डर्टी सिक्रेटः विवाहित हुँदासमेत पाँच वर्षसम्म अन्य व्यक्तिसँग रह्यो सम्बन्ध

कहानीः

बेलायतकी राजकुमारी डायना अब यो संसारमा छैनन् ।

मृत्यु हुँदा उनले प्रिन्स चार्ल्ससँग सम्बन्धविच्छेद गरिसकेकी थिइन् । यद्यपी, सम्बन्धविच्छेद पछि पनि उनका थुप्रैसम्ग सम्बन्ध रह्यो ।

राजकुमारीले यो कुरा एक अन्तर्वार्तामा आफैंले बताएकी थिइन् । डायनाको सम्बन्ध पूर्व सैनिक जेम्स ह्याविटसँग रह्यो ।

केही मिडिया रिपोर्टमा दाबी गरिएअनुसार उनका कान्छा छोरा ह्यारी, डायनाका श्रीमान् प्रिन्स चार्ल्सका नभई जेम्स हेविटका छोरा हुन् ।

प्रतिकृया दिनुहोस्

Loading...