कैलालीमा सर्पको डसाइबाट १३ जनाको मृत्यु

  • धनगढी । 
गर्मी र वर्षायामको सुरुवातसँगै कैलाली जिल्लामा सर्पको डसाइका घटना बढ्न थालेका छन् । 

विषालु सर्पको डसाइबाट जिल्लामा गएको वैशाखदेखि साउन अन्तिमसम्म १४३ जना उपचारका लागि आएकोमा १३ जनाको मृत्यु भएको सेती अञ्चल अस्पताल आकस्मिक कक्षका प्रमुख कृष्णबहादुर बोहराले बताए । 

यो अवधिमा सर्पको डसाइबाट बिरामी भएकामध्ये विषालु सर्पले डसेका बिरामीको संख्या४७ रहेको छ । 

अस्पतालमा गएको साउन महिनामा मात्रै सर्पले डसेका ६२ जना उपचारार्थ सेती अञ्चल अस्पताल भर्ना भएको बोहराले बताए । सात जनाको अस्पतालमा उपचारका क्रममा र छ जनाको उपचारार्थ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । अस्पतालले अन्य दुई बिरामीलाई थप उपचारका लागि अन्यत्र सिफारिस गरेको छ । 

गतवर्ष सेती अञ्चल अस्पतालमा २१५ जना सर्पडसाइका बिरामी उपचारका लागि आएकोमा सात जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

२०७४ भदौ १० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...