संयोजक पाएपछि ‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता हमाल विवेकशील साझा पार्टीमा प्रवेश

  • काठमाडौं ।
प्रदेश ७ संयोजकको जिम्मेवारी पाएपछि ‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । 

शनिबार धनगढीमा भएको विवेकशील साझा पार्टीको भेलाले हमाललाई प्रदेश ७ को संयोजक चयन गरेको छ । पार्टी सहसंयोजक रविन्द्र मिश्रले राखेको प्रदेश संयोजक बनाउने प्रस्तावमा उपस्थितले सबैले सहमति जनाएपछि हमालले जिम्मेवारी पाएका हुन्।

हालै सम्पन्न स्थानीय चुनावमा हमाल धनगढी उपमहानगरमा मेयरमा उम्मेदवमर बनेका थिए । स्वतन्त्र उम्मेदवार हमाल मेयरमा विजयी नृप वडका निकटतम प्रतिद्वन्द्वी हुन । मेयरमा विजयी वडले १४३२४ मत प्राप्त गरेका थिए भने स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ५ सय २७ मत ल्याएर पराजित भएका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...