नेकपाले लियो पहलकदमी, नेता-कार्यकर्तालाई बाढी–पहिरो पीडितको उद्धारमा जुट्न अपिल

  • काठमाडौं । 
नेपाल कम्युनिस्ट पार्टीले देशभर बाढी पहिरोमा परी दर्जनौं नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडितहरुको उद्धार तत्काल गर्ने कार्यमा खट्न पार्टीका नेता–कार्यकर्ता तथा विद्यार्थीलाई अपिल गरेको छ ।

नेकपा दाङका सेक्रेटरी सबिन पोखरेलले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारसँग उक्त माग गरेका हुन् । दुई दिनदेखि जारी अवरिल वर्षाबाट दाङको फुलबारीकी भगवात सुनारको बाढीमा परी ज्यान गएको घटनाप्रति पोखरेलले दुःख व्यक्त गरेका छन् ।

देशभर दर्जनौं नागरिक बाढी–पहिरोमा फसिरहेको भन्दै उद्धार कार्य तत्काल गर्न सरकारसँग माग समेत गरिएको छ । पीडितहरुलाई तत्काल राहत उप्लब्ध गराउन र पुनर्वासको ग्यारेन्टी गर्न माग गरिएको छ ।

संसदीय राजनीतिक दलहरु सत्ताका लागि हानथाप गरिरहदा कम्युनिष्ट पार्टी भने जनताको दुखमा साथ दिन खटिन लागेको हो ।

२०७४ साउन २८ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...